‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’ प्रतियोगिताका लागि २० जना छानिए


१४ फाल्गुन २०७८, शनिबार
274265683 323978129829616 5347394841806882914 n

काठमाडौं । सिजन मिडियाले आयोजना गरेको विवाहित महिलाहरुमा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’ को पाँचौं सँस्करणको अडिसन चरण सकिएको छ ।

सिजन मिडियाको कार्यालय कमलादी काठमाडौंमा भएको छनौट प्रक्रियाबाट २० जना सहभागीहरु छनौट भएका छन् । उक्त छनौट कार्यक्रममा निणर्ायक मण्डलमा नेपाल एयर लाइन्सका डेपुटी डाइरेक्टर रमेश पौडेल, मिसेस व्यूटी क्वीन नेपाल सिजन-२ कि विजेताहरु शान्ति लिम्वु र मनिसा विमली रहेका थिए ।

274481190 471347101365894 2959189228109624868 n

छनौट गरिएका प्रतियोगीहरुलाई भोलि (आइतबार) बाट प्रशिक्षण प्रदान गरिने छ । उक्त तालिममा महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकता महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने गरी सहजीकरण गरिने छ ।

विवाहित महिलाहरुलाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भूमिका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको हो ।

274266424 1098790804237828 8573294133780712769 n

छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक तन्दुरुस्ती, जुम्वा, एरोविक्स, र्‍याफ्टीङ, सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकासका विषयहरुमा पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, कल्चरल भिजिट र हस्पिटालिटीसम्वन्धी जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदिलगायतका विधामा भने कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछिन् । यस्तै नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम साथै आन्तरिक प्रतिभा तथा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।

274252624 346477627366775 4867727832257037942 n

प्रतियोगिताका विजेताले ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’ को उपाधिसहित फ्रिज, ५० हजार बराबरका ‘लेट मि इन’ को तर्फबाट गिफ्ट भौचर र चार दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः टि भि भ्याकुम क्लिनर साथै २० हजार बराबरकोे गिफ्ट भौचर प्रदान गरिने छ । साथै विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । ४ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन् । यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७