गरिमा विकास बैंकको लकर सुविधामा छुट


२३ फाल्गुन २०७८, सोमबार
Garima bikash bank 589582385 Epbg63ypqq

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो । आफ्नो गहना, सामान र कागजपत्रलाई सुरक्षित राख्ने सुविधामा लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुलकमा ५० प्रतिशत(पहिलो वर्षका लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

ग्राहकहरुले न्युरोड शाखा(काठमाडौं), कुमारीपाटी शाखा(ललितपुर), सुर्यविनायक शाखा(भक्तपुर), सभागृह शाखा(कास्की), वगर शाखा(कास्की), नारायणगढ शाखा((चितवन), बुद्वचोक शाखा(चितवन)र धरान शाखामा उक्त छुट लिन सकिन्छ । पहिले नै यस नारी बचत खाता भएकाहरुले पनि यो सुविधा लिन सक्छन् । बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७