आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


१ बैशाख २०७९, बिहीबार
rape

पाँचथर । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिमबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । फिदिम नगरपालिका-५ का ४३ वर्षीय एक पुरुष आफ्नी १२ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेका बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । आमाले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७