मेवा खुवाउने वहानामा अर्घाखाँचीमा पाँच वर्षीया बालिकामाथि बलात्कार


३ बैशाख २०७९, शनिबार
Rape
सांकेतिक तस्वीर

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा एक पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५९ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका-७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए ।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७