बेजिडस्टकमा गेसोको जानकारी सभा


१३ चैत्र २०७४, मंगलवार
Gurkha Gaeso bejingstok 3

लन्डन, ११ चैत्र । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) बेलायतको बेजिडस्टकमा दोस्रो जानकारी सभाका सम्पन्न गरेको छ । नेपाल र बेलायत सरकारलाई गोरखाहरूको समस्या समाधानार्थ नेपाल र बेलायत दुबै देशलाई ऐतिहासिक प्रतिवेदन बुझाएपछि गेसाले जानकारी सभा गरेको हो । Gurkha Gaeso bejingstok 3

सेवा निवृत्त गोर्खा सैनिकहरूको समस्या अध्ययन् गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम प्रतिवेदन बिहीबार(मार्च २२ तारिख) बेलायत सरकार र नेपाल सरकारलाई बझाइएको थियो ।

कार्यक्रममा गेसोका सभापतिले कृष्णकुमार राई समिति बुझाएको प्रतिवेदनको बारेमा जानकारी गराएका थिए । उनले प्रतिवेदनको बारे स्पष्ट पार्दै गेसो माथिको भ्रमपूर्ण अभिव्यक्तिहरूको खुलेरै चुनौतीको दिए ।

गाेरखाहरूको समस्या समाधानको निम्ति नेत्रृत्वदायी भूमिका निर्वाह गरिरहेको र सिड्गो गोरखा आन्दोलनको इतिहास बोकेको गौरवशाली सङ्घ गेसोलाई कसैले तोडमोड गर्न गराउने नसक्ने बताए ।

यस्तै सभामा कोषाध्यक्ष देवीमाया पुनले सङ्घले अघि सारेका पञ्चवर्षिय योजना बारे स्पष्ट पारेकी थिइन् । सभाको अध्यक्षता गेसो बेजिडस्टक कमिटिको अध्यक्ष मनबहादुर पुनले गरेका थिए ।Gurkha Gaeso bejingstok 1

Gurkha Gaeso bejingstok 3 Gurkha Gaeso bejingstok 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७