पत्रकारिता छोडी राजनीति थालेका हिरासिंह धामी बने एमालेबाट पालिका अध्यक्ष


२ जेष्ठ २०७९, सोमबार
hirasingh dhami 1oupmddAgd

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्रसिंह धामीले ३,३२२ मत ल्याए । अध्यक्षमा विजयी भएका हिरासिंह धामी पूर्व पत्रकार समेत हुन् । पत्रकार महासंघ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्ष धामीले दुई दशक बढी समय पत्रकारितामा बिताएका थिए । उनी निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पछाडि छाड्दै अध्यक्ष बनेका हुन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौमती भट्टले ३,३२२ मत ल्याएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७