६ महानगरपालिकाको पछिल्लो मत परिणाम : कहाँ को अगाडि ?


४ जेष्ठ २०७९, बुधबार
matgandaipiclamjung

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कुनै पनि महानगरको प्रमुखमा अग्रता लिन सकेको छैन ।
६ महानगरपालिकाको पछिल्लो अपडेट

काठमाडौं
सर्वाधिक चासोमा रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार बालेन शाहले १४ हजार ४४५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित ७,८५२ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत पाएकी छिन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल अगाडि छिन् । उनले १२ हजार १५७ मत पाएकी छिन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३,६१४ मत पाएका छन् ।

भरतपुर
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनले पछिल्लो मतपरिणामअनुसार ९,४०५ मत पाएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले ८ हजार ३७ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,२४८ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ११ हजार १९६ मतका साथ अगाडि छन् । राप्रपाकी हिमला गुरुङ ६,५४८ मतका साथ दोस्रो स्थानमा छिन् ।
पोखरा
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले १२ हजार ९४५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ११ हजार १५० मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १२ हजार ६९६ मतका साथ अग्रता लिएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मतका साथ पछ्याइरहेकी छिन् ।
विराटनगर
विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइराला अगाडि छन् । उनले अहिलेसम्म ११ हजार ६९९ मत पाएका छन् । एमालेका सागरकुमार थापाले ८,६५० मत पाएका छन् । उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले ८,९९३ मत पाएकी छिन् । जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ५,६१८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

ललितपुर
ललितपुर महानगरपालिकाको प्रमुखमा पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका चिरिबाबु महर्जनले अहिलेसम्म ११ हजार ७७७ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार २१८ मत पाएका छन् ।
उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले ४,३३५ मत पाएकी छिन् । उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २,७९४ मत पाएका छन् ।

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्म ९,७६८ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले ४,२८६ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ६,६६१ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले एक हजार ८१ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७