बोदेवर्साइनको नगर प्रमुखमा यादव पुनः निर्वाचित


७ जेष्ठ २०७९, शनिबार
Bode Bursaine Municipality Atesh Kumar Singh renu 20220521070635

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित भएकी छन् । निर्वाचित साहले पाँच हजार १५४ मत ल्याएर विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गरिन् । बोदेबर्साइन नगरपालिकामा कूल २१ हजार २९१ मतगणना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७