अप्ठ्यारोमा देशले खोज्ने ‘लो प्रोफाइलका अग्लो कमाण्डर’


१० असार २०७९, शुक्रबार
Tek Parsad Rai

काठमाडौं : पछिल्लो समयमा नेपाली समाजमा ‘सेलीब्रेटी’ मनोविज्ञान हाबी छ । ‘सेलीब्रेटी’ मनोविज्ञान अर्थात् ‘दबंग’ शैलीबाट रातारात चर्चित । धर्यताको साथ मसिनो काम गर्ने होइन ‘दबंग’ शैलीमा केही काम गरे जस्तो देखाएर तुरुन्तै चर्चित बनेर ‘सेलीब्रेटी’ बन्ने । समाजको अरु क्षेत्र जस्तै पछिल्लो समयमा नेपाल प्रहरीमा पनि ‘दबंग’ शैली अपनाएर ‘सेलीब्रेटी’ बन्ने होड देखिन्छ । त्यसैको जगमा संगठन भित्र र बाहिर प्रभाव राखेर आफ्नो उद्देश्य पुरा गर्नेहरु हाबी छन् भन्दा फरक पर्दैन । प्रहरी निरिक्षकदेखि महानिरिक्षकसम्म हरेक ब्याजका अधिकारीहरु कोही न कोही ‘सेलीब्रेटी’ बन्ने दौडमा देखिन्छन् ।

‘दबंग’ बाटोबाट ‘सेलीब्रेटी’ गन्तव्य बनाउन खोजिरहेकाहरुबाट धेरै परको बेग्लै ‘आइल्यान्ड’मा बसिरहेका प्रहरी अधिकृत हुन्, टेकप्रसाद राई । जसको यसअघि कुनै चर्चा थिएन । यसपालीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाको बिषय निकै पेचिलो, सकसपूर्ण र चर्चित भयो । कारण थियो, तिव्र प्रतिस्पर्धा, चलखेल र दौडधुप ।

यी चलेखलको बीचमा २०७९ असार ८ गते ढिलो गरी डीआईजीमा बढुवाको सूची निस्कियो । त्यसमा फेरि उही दोस्रो नम्बरमा देखिए, टेकप्रसाद राई । यतिका चलखेल र दाउपेचको मौसममा पनि दोस्रो नम्बरमा देखिएपछि बल्ल चर्चा सुरु भएको छ । प्रहरीको बिषयमा चासो राख्नेहरुले सोध्न थालेका छन्, ‘खासमा उनी को हुन् ?’

अप्ठ्यारोमा खोजी हुने सजिलो कमाण्डर
Nepal Police Tek Prasad Rai scaled


लामो समयको द्धन्द्धपछि संबिधानसभा मार्फत संबिधान जारी भयो । संबिधान जारी भए लगत्तै संबिधानले व्यवस्था गरेको तीनै तहको सरकारको निर्वाचन भयो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको गठनसँगै मुलुक स्थायीत्व र समृद्धिको बाटोमा जाने आशाले जनताहरु उत्साहित थिए ।

तर निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा नहुँदै अर्थात् २०७५ देखि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हिंसात्मक गतिबिधि सुरु भयो । जनताको शान्ति र समृद्धिको आशामाथि कुहिरो मडारिन सुरु भयो । ‘फेरि देश द्धन्द्धमा जाने त होइन ?’ चिन्ता सुरु भयो ।

२०७५ फागुन १० ललितपुरको नख्खुसहित देशैभर १७ स्थानमा एनसेल टावरमा आक्रमण भयो । ललितपुरको नख्खु विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भयो । दुई जना घाइते भए । देशभरी वम विस्फोटको क्रम सुरुभयो । यसपछि २०७५ फागुन २८ गते सरकारले विप्लव पक्षका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । आक्रमक रुपमा विप्लवको गतिबिधि बढिरहेको बेला एउटा बहस सुरु भयो, ‘प्रहरीबाट मात्रै विप्लवको गतिबिधि नियन्त्रण सम्भव छ ?’ अर्थात् सेनापरिचालनसम्मका बहस सुरु भयो ।

त्यही बहसको बीच नेपाल प्रहरीले एउटा कमाण्डरको खोजी सुरु गर्यो । त्यो कमाण्डरको नाम थियो, टेकप्रसाद राई । ‘कहाँ छन् टेकप्रसाद ?’ उतिबेला टेकप्रसाद सुडान मिसनमा थिए । प्रहरीको लागि मिसन सपना र सफलतासँग जोडिएको हुन्छ । आर्थिक उन्नतीसँग जोडिएको मिसन जाने हरेक प्रहरीको लक्ष्य हुन्छ । त्यही सपनालाई विपनामा बदलेर मिसनमा गएका टेकप्रसाद राईलाई देश फर्काउने निर्णयमा पुग्यो, सरकार ।

२०७५ फागुन १० ललितपुरको नख्खुसहित देशैभर १७ स्थानमा विस्फोट भएको एक सातापछि सुडानमा रहेको राईलाई आफ्नो कमाण्डर अर्थात् आइजीपीको फोन आयो, ‘टेकप्रसाद ! तुरुन्तै तिमि देश फर्किनुपर्नेभयो ।’ तर उनको लागि यो अनपेक्षित भने थिएन । भन्छन्, ‘किनभने मेरो विज्ञता त्यही बिषयको थियो ।’

आदेशपछि उनी देश फर्किने निधोमा पुगे । यु.एनका कमाण्डरलाई देश फर्किने अनुमति मागे । राई सम्झिछन्, ‘अवधि नपुगी विचमा देश फर्किने कुरा गर्दा उनीहरु अचम्भित भए । मानेनन् । तर मैले देशको अप्ठ्यारोको कुरा सुनाएपछि अनुमति पाएँ । समयअवधि पुरा नगरी म देश फर्किएँ ।’

गृह मन्त्रालयका तत्कालिन एक उच्च अधिकारीले भने, ‘विप्लवको गतिबिधि नियन्त्रणका लागि अन्तरदेशीय अपराध मामला, आतंकवाद, संगठित अपराध र विध्वंशकारी गतिविधिमाथि गहिरो ज्ञान राख्ने प्रहरी अधिकृत राईलाई जसरी पनि फर्काउनु पर्ने आबश्यकता देखिएको कारण हामीले विचमा नै फर्काएका हौं ।’

अन्तरदेशीय अपराध मामला, आतंकवाद, संगठित अपराध र विध्वंशकारी गतिविधिमाथि निगरानी राख्ने प्रहरीको ब्यूरो विशेष ब्यूरोका क्याडर हुन् उनी । जसले आफ्नो प्रहरी जीवनको उर्वर सबै समय त्यही ब्यूरोमा बिताए । प्रहरी सेवाको सबैभन्दा आकर्षण हो, बर्दी । तर राई यस्ता कमाण्डर हुन् उनले आफ्नो उर्बर समय बर्दी लगाएनन् । अर्थात् २१ वर्ष उनले विशेष ब्यूरोमा बिताए ।

मिसनबाट बिचमा नै फर्किएपछि राई देशभित्रको मिसनमा जुटे । विप्लव समूह रक्षात्मक बन्यो । त्यही जगमा २०७७ फागुन २० गते सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिको बाटोमा विप्लव फर्कियो । मुलुक शान्तिको बाटोमा फर्कियो ।

यद्यपि राई त्यो भूमिका बारे उतिधेरै बोल्न रुची राख्दैनन् । उनले भने, ‘हामी राष्ट्र सेवक हौं । देश र जनताको सेवा बाहेक कहिल्यै, कोहीसँग आग्रह राख्दैनौं । तत्कालिन समयमा संगठनले दिएको जिम्मेवारी निभाउनु हाम्रो कतव्र्य हो । विभिन्न कालखण्डका जिम्मेवारीलाई त्यसैगरी बुझ्नुपर्छ ।’

टेकप्रसाद प्रहरीभित्रको एउटा त्यस्तो कमाण्डर जुन कमाण्डरलाई अप्ठ्यारोमा देश र संगठनले खोज्ने गरेको प्रहरीका उच्च अधिकारी बताउँछन् । सुरक्षा मामिलालाई नजिकबाट हेर्ने गृहका एक उच्च अधिकारी भन्छन्, ‘संकटमा देशले खोजी गर्ने ‘लो प्रोफाइलका अग्लो कमाण्डर’ हुन् ।’

सुरक्षाको मामिलमा अन्य देशहरुमा अनुभवी ‘इन्टेलीजेन्ट अफिसर’लाई देशको सम्पतीको रुपमा लिने गरिन्छ । तर हामी कहाँ खाली बर्दी मात्रै आकर्षण खोज्ने चलन छ । गृहका एक पूर्व उच्च अधिकारी भन्छन्, ‘देश र संगठनले उनीबाट कति फाइदा लिन सक्छ, त्यो अर्को कुरा हो । तर समकालिन प्रहरी अधिकृत मध्ये उनी सबैभन्दा अनुभवी र काबिल इन्टेलीजेन्ट अफिसर हुन् । जसले २१ वर्ष विशेष ब्यूरोका क्याडर भएर बिताए । यो असाधरण कुरा हो ।’

अन्तरदेशीय अपराध मामला, आतंकवाद, संगठित अपराध र विध्वंशकारी गतिविधिमाथि निगरानी राख्ने प्रहरीको ब्यूरो विशेष ब्यूरोका क्याडर हुन् उनी । जसले आफ्नो प्रहरी जीवनको उर्वर सबै समय त्यही ब्यूरोमा बिताए । प्रहरी सेवाको सबैभन्दा आकर्षण हो, बर्दी । तर राई यस्ता कमाण्डर हुन् उनले आफ्नो उर्बर समय बर्दी लगाएनन् । अर्थात् २१ वर्ष उनले विशेष ब्यूरोमा बिताए

काम र कमाण्डरमा गहिरो विश्वास

यसपाली डीआईजी बढुवा निकै सकसपूर्ण थियो । ९ जेठ २०७९ मा पाँच डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएसँगै १७ डीआईजी पद रिक्त भयो ।

९ जेठ लगत्तै डीआईजी बढुवा हुनुपर्ने थियो । तर भयो, ८ असार २०७९ मा । त्यसबिचमा १७ जना डीआईजीका लागि दुई ब्याचका ३७ जना एसएसपीहरु प्रतिस्पर्धामा दौडिए । २०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएकाहरु दौडधुपमा थिए ।

उनीप्रति सुभेच्छा राख्नेहरुले दौडधुपमा लाग्न सुझाव दिइरहन्थे । तर उनी मानव बेचविखन अनुसन्धान व्यूरोमा बिन्दास शैलीमा बसिरहे । ‘दौडनुपर्छ होऊ’ भनेर सल्लाह दिने आफ्ना साथीभाईलाई उनको उत्तर हुन्थ्यो, ‘दौडधुप गर्ने कामको समयमा हो । यो बेला ढुक्क बस्ने हो । त्यो भएपछि मलाई पुगीहाल्यो नी ! मेरो कमाण्डरलाई मेरो कामको बारेमा थाहा छदैँछ । काम र कमाण्डरप्रति हामीले गहिरो विश्वास र सम्मान राख्नुपर्छ ।’

उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएका ब्रिटिस गोर्खा सैनिकका छोरा राईले २०५१ चैत ५ गतेबाट प्रहरीमा सेवा सुर गरेका हुन् । राई त्यस्तो बेला प्रहरीमा भर्ना भए जतिबेला प्रहरीको बर्दी र फुलीको सान समाजमा बेग्लै थियो । तर उनले त्यो सान र सौकता रोजेनन् । प्रहरी सेवामा लागेको २१ वर्षपछि मात्रै एपीको फुली भिरेर उनी बाहिर निस्किए बाँकेको प्रहरी प्रमुखको जिम्मेवारीमा ।

उनी बाँके प्रहरीको जिम्मेवारी लिएर निस्किदै गर्दा धेरैले भनेका थिए, ‘यो राईले कसरी जिल्ला चलाउँछ होला ?’ उनकै ब्याजका एक अधिकारी भन्छन्, ‘लामो समय विशेष भूमिकामा थिए उनी । बाँकेको जिम्मेवारीमा जाँदा तत्कालिन प्रहरी प्रमुखले राईले ड्रेस लगाउन जान्छ की जान्दैंन हो ? भनेर सोध्नु भएको थियो रे ।’

१४ महिना बाँकेमा उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले । बाँकेमा उत्कृष्ट रुपमा उनले जिम्मेवारी सम्हाले । बाँके प्रहरी प्रमुखको अहिलेसम्मको इतिहासमा जिल्लावासीले अहिले पनि सम्झनायोग्य प्रमुखको रुपमा नाम लिने गरेको बाँकेका वरिष्ठ पत्रकार झलक गैरे बताउँछन् । गैरे भन्छन्, ‘उनी बिदाई भएर जादै गर्दा बाल क्लबदेखि, राजनीतिक दल समाजका सबै निकायहरुले ‘सधैं मिस’ गर्ने प्रहरी प्रमुखको रुपमा सम्मानको साथ बिदाई गरेका थिए । प्रहरी प्रमुखलाई त्यस हिसाबले सम्मान गरेको दृश्य बाँकेको सन्दर्भमा मैले अहिलेसम्म देखेको छैन ।’ उनी बाँके जादै गर्दा राईले सक्ला त ? भन्ने प्रश्नको उत्तर उनले ७५ जिल्लामा बाँकेलाई उत्कृष्ट जिल्ला बनाएर दिए ।

पत्रकार गैरेका अनुसार राईले केवल अपराध नियन्त्रणमा ध्यान दिएनन् । गैरे भन्छन्, ‘समाज सभ्य भयो भने अपराध आफै नियन्त्रण हुन्छ भन्ने उनको स्प्रिट थियो । केवल अपराध नियन्त्रण होइन अपराधको कारणको खोजी गरेर सामाजिक चेतनाको अभियान चलाएका थिए ।’ उनी संयुक्त राष्ट्रसङ्घ (यु.एन)को मिसनमा ३ पटक गए ।

सुडानमा मिसनको क्रममा उनले नेपाल ‘एफपियु’लाई स्थान्तरण गरेर यु.एनको मूल्याङ्गकनमा १ नम्बर बनाए । एसएसपी भएको बेला उनले ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाए । ललितपुर रहदा उनले धेरै सम्झनायोग्य कामहरु फर्किए । उनले महिला तथा बालबालिका सेलमा जिम्मेवारी पाए । त्यसबेला पनि बालबालिका तथा महिला मन्त्रालयबाट प्रथम पुरस्कार दिलाए ।

उनी बिदाई भएर जादै गर्दा बाल क्लबदेखि, राजनीतिक दल समाजका सबै निकायहरुले ‘सधैं मिस’ गर्ने प्रहरी प्रमुखको रुपमा सम्मानको साथ बिदाई गरेका थिए । प्रहरी प्रमुखलाई त्यस हिसाबले सम्मान गरेको दृश्य बाँकेको सन्दर्भमा मैले अहिलेसम्म देखेको छैन

–झलक गैरे

बिन्दास कमाण्डर

राई प्रहरीमा बिन्दास कमाण्डरको रुपमा चिनिन्छन् । विशेष व्यूरोबाट अवकाश पाएका एक अधिकृत भन्छन्, ‘उनी यस्ता दुर्लभ कमाण्डर हुन् । जो तलब आएको दिन आफ्नो टिमको साथी-सहकर्मीलाईलाई पार्टी दिन्छन् ।’ निर्धारित तलब प्रहरीको लागि रुची र गणनाको बिषय होइन । ती कमाण्डर भन्छन्, ‘उनी एउटा त्यस्तो इमानदार कमाण्डर हुन् । जो आफ्नो तबलमा विश्वास गर्छन् ।’

हामी कहाँ प्रहरी कमाण्डरको सेवाकाल भनेको सान, सौकात मात्रै होइन आर्थिक हिसाबले पनि उर्बर हो । तर उनी यस्ता कमाण्डर हुन् । आफ्नो परिभाषित काम इमानको साथ निभाएको बाहेक अध्ययनमा हुन्छन् । आमसञ्चार बिषयमा मास्टर डिग्री गरेका राईले अहिले अन्तराष्ट्रिय सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरीरहेका छन् ।

त्यसो त अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले दिने तालिम एफबिआईमा ग्राजुयेट हुन् उनी । नेपाल प्रहरीमा एफबिआई तालिम गर्ने असाध्यै कम कमाण्डर छन् । त्यो मध्येको उनी उत्कृष्ट कमाण्डरको रुपमा मानिने गरेको एक प्रहरी अधिकृत बताउँछन् । उनले ‘वेस्ट टेरोरिजम केस इन्भेष्टीगेटर’ पुरस्कार सहित ३० भन्दा बढी अन्तराष्ट्रिय पुरस्कार पनि पाएका छन् ।

समय पाउन साथ विश्वविद्यालयको कक्षा र पुस्तकालय पुग्छन् । उनलाई नजिकबाट देख्ने एक प्रहरी अधिकृत भन्छन्, ‘उनका सहकर्मीहरु सेटिङ्गमा दुगिरहेका बेला उनी चै किताब बोकेर कृर्तिपुरतिर जान्छन् ।’ जिस्किएर ती अधिकारी थप्छन्, ‘यो त कमाउने बेला हो । उनी त्यस्तो पदमा छन् । उनले चाहेमा फाइदाहरु दौडेर आइलाग्छ ।हाम्रो राई सर फुर्सद भयो की पढ्न पो जान्छन् । यस्ताे बिन्दास हाकिम मैले यसअघि भेटेको थिइँन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७