ललितपुरमा २४ वर्षीया महिला बलात्कृत, आरोपमा दुई जना पक्राउ


२४ असार २०७९, शुक्रबार
pakrau
फाइल फोटो

काठमाडौँ । ललितपुरमा एक २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ इमाडोल सेतीपाखा बस्दै आएका सप्तरी कञ्चनरूप नगरपालिका-१० का २५ वर्षीय मोआत हुसेन र मरोङ बूढीगंगा गाउँपालिका-५ का ३५ वर्षीय इलिभास मिया रहेका छन् ।

उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो कोठामा लगेर बलात्कार गरेको खुलेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७