दुई करोड घुस ‘अफर’ गर्ने अधिवक्ता पोखरेललाई मागियाे सात दिने स्पष्टिकरण


३ श्रावण २०७९, मंगलवार
Rudra pokharel

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण सोधेको छ ।

परिषद्ले आज (मंगलबार) एक सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई दुई करोड घुस अफर गरेको टेलिफोन वार्ता सार्वजनिक भएको थियो ।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

suchana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७