अरिंगालले टोकेर एकको मृत्यु


२२ श्रावण २०७९, आईतवार
death

रुकुम पश्चिम । रुकुम पश्चिममा अरिंगालले टोकेर एक जनाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका-१, का ३८ वर्षीय सुवणर् सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।

तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अन्य साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो । घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका-६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो ।

city

अरिंगालले टोकेपछि उनको शरीरमा ५३ वटा घाउ थिए । ५३ ठाउँमा अरिंगालले चिलेको बताइएको छ । त्यहाँ उपचार गर्दा ठीक नभएपछि मात्रै नेपालगञ्ज पठाइएको थियो । सुनार त्रिवेणी गाउँपालिकाका कर संकलक पनि थिए । उनले सल्यान र रुकुम पश्चिमको सिमाना खौलामा बसेर कर संकलनको काम गर्थे ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७