नागरिकता विधेयक राष्ट्रपतिले रोक्नु हुन्न, जारी गर्न ढिला नगर्नु पर्थ्याे : प्रचण्ड

‘फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु’


२५ श्रावण २०७९, बुधबार
prachanda 001 TozeDlfp6p

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको कार्यालयबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ नरोकिने विश्वास व्यक्त गरेका छन् ।

आज (बुधबार) पाँच दिने जापान भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिको गए पनि त्यहाँबाट छिट्टै प्रमाणीकरण हुने विश्वास व्यक्त गरे । ‘राष्ट्रपतिजीले रोक्नु हुन्न भन्ने मलाई लाग्छ,’ पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष दाहालले भने, ‘यद्यपि, ढिलो नहुनु पथ्र्यो ।’ विधेयक दुवै सदनबाट साउन १२ गते बहुमतले पारित भइसकेको छ भने अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ छ । १२ दिन बितिसक्दा पनि राष्ट्रपतिको कार्यालय मौन छ ।
‘फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु’
अध्यक्ष ‘प्रचण्ड’ ले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् । उनले भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताएका छन् ।

प्रचण्डले भने, ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । प्रचण्डले भने,‘फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । कतै फोहोर नदेखिने बनाएका रहेछन् । फोहोर व्यवस्थापनमा तत्काल सहयोग चाहियो भनेर हामीले माग गर्‍यौं ।’ आसन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि जापानबाट संसदीय टिम आउने अपेक्षा गरिएको उनको भनाइ छ । उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७