रवि लामिछानेको प्रश्न : एउटै भवनको झ्याल र कोठा-कोठामा १८ मन्त्रालय किन चाहियो ?


२७ श्रावण २०७९, शुक्रबार
rabi 2

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बागमती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनको झ्याल-झ्याल र कोठा-कोठामा मन्त्रालयहरू राखिएको भन्दै कटाक्ष गरेका छने ।

उनले प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने बताएका छन् । हेटौँडामा आज (शुक्रवार) आयोजित पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको आरोप लगाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संख्या समेत दिए । उनले भने, ‘यो प्रदेशलाई १८-१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८-१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।’

city
ncll 2

भेलालाई सम्बोधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाइ छ ।

jagdamba.cement
nepal liquors

‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले रोजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उनले भने, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । लामिछानेले हेटौँडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

यसैगरी सभापति लामिछानेले बाग्मती प्रदेशमा एउटै प्रदेशमा १८ जना केका लागि भन्दै प्रश्न समेत गरेका छन् । उनले आउँदो मंसिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध पनि गरे । सही नेतृत्व चुन्न सके मात्र देश परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७