आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः शुरू


८ भाद्र २०७९, बुधबार
ime cash bak 1raaWvsesr

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित आईएमई पेले गएको असारमा सञ्चालनमा ल्याएको क्युआर डे विथ आईएमई पे अफर पुनः सार्वजनिक गरेको छ ।

सो अफर यही शुक्रबार १० गते हुने कम्पनीले खुलाएको छ । पुरानो संस्करणजस्तै यो पटक पनि प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० ५ छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

१ दिनको लागि मात्र लागू हुने यो अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरूलाई आईएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाई विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ । अघिल्लो समयजस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरूले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासब्याक नपाउने आईएमई पेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७