काठमाडौं महानगरले यसरी खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)


१० भाद्र २०७९, शुक्रबार
Balen sha

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । 

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो । 

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । 

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् । 

Balen sha
kathmandu metropolitan city 3
kathmandu metropolitan city 4
kathmandu metropolitan city 5
kathmandu metropolitan city 8
kathmandu metropolitan city 1
kathmandu metropolitan city 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७