बीबीएल ड्राफ्ट : नेपालका कप्तान सन्दीप ‘अनसोल्ड’


१२ भाद्र २०७९, आईतवार
sandeep lamichhane

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् । सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।

उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए । कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७