बाम गठबन्धन मात्रै होइन, कम्युनिष्ट एकताकै योजना छ : प्रचण्ड


१३ भाद्र २०७९, सोमबार
Prachanda 1 scaled
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक स्थायित्वका लागि कम्युनिष्ट एकताको योजना रहेको बताएका छन् ।

उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादको यात्रा पूरा गर्न कम्युनिस्ट एकता आवश्यक रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘बामपन्थी गठबन्धन मात्रै होइन कम्युनिष्ट एकता गरेर देशमा स्थायित्व गर्न खोजिरहेको छु । अहिले पनि जनमत हाम्रै पक्षमा छ । देशको दोस्रो ठूलो पार्टी र बामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने अवस्थामै छौं । ’

प्रचण्डले थपे, ‘स्थानीय तह निर्वाचनमा कुन पार्टीले कति मत ल्यायो ठूलो कुरा होइन । मुख्य कुरा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु हो । चुनाव नभएको भए देश अराजकताको भुमरीबाट फस्ने थियो । परिवर्तनलाई संस्थागत गर्ने र विकास तथा समृद्धिमार्फत् देशलाई अगाडि लैजाने प्रक्रिृयामा यो सफलता महत्वपूर्ण छ ।’

स्थानीय तहको निर्वाचनमा पार्टी भित्रको आन्तरिक अन्तरविरोध व्यवस्थापन हुन नसक्दा ५० सिट गुमाएको उनले बताए। उनले भने, ‘अन्तर्घात गर्नेलाई आलोचना गर्ने, चेतावनी गर्ने, निष्कासन गर्ने, भण्डाफोर गर्ने योजना छ। गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७