काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी, १० सहसचिवको सरुवा


१७ भाद्र २०७९, शुक्रबार
Basanta Adhikari

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अधिकारीसहित १० सहसचिवको सरुवा गरेका हुन् । अधिकारी साढे दुई वर्षयता संघीय मामिला मन्त्रालयका प्रवक्ता थिए । अधिकारी कर्मचारी प्रशासनमा असल छवि बनाएका सहसचिवका रुपमा चिनिन्छन् ।

महानगरको प्रमुख प्रशाशकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेको भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

बेपत्ता आयोगकी सहसचिव रोशनी श्रेष्ठको गृहमन्त्रालयमा सरुवा भएको छ । त्यस्तै संघीय मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमै राखिएको छ । भौतिक योजना मन्त्रालयका सहसचिव सुरेश राउतको श्रम मन्त्रालय र वित्त आयोगका सहसचिव शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै संघीय मन्त्रालयको स्थानीय पूर्वाधार विकास बिभागका सहसचिव कृष्ण कुमार मिश्रको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सरुवा गरिएको छ । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव दीपककुमार दासको वित्त आयोगमा सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७