क्रमभङ्ग गर्न चुनावपछि सडकमा जान्छौं : प्रचण्ड

‘यो मेशिनले भ्रष्ट मान्छे उत्पादन गरिरहन्छ’


१९ भाद्र २०७९, आईतवार
Puspakamal Dahal Parchanda
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद नै मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको टिप्प्णी गरेका छन् ।

आज (आइतबार) काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने जिकिर गरे ।

‘सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने जो हाम्रो सिस्टम छ, यो सिस्टमले पनि जगैदेखि भ्रष्टाचारलाई मद्दत गर्न सहयोग गरेको छ’, उनले भने, ‘त्यसकारण यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र त्यो कार्यकारी प्रमुखले आफ्नो भिजनअनुसार देशलाई पाँच वर्षपछि लैजान्छु भन्ने गरी मन्त्री बन्न पाउने अधिकार भयो भने मात्रै भ्रष्टाचार रोकिन्छ । अन्यथा, तपाईं हामी जति चिल्लाए पनि, जति कराए पनि, उफ्रे पनि यो मेशिनले भ्रष्टाचार नै उत्पादन गरिरहन्छ । भ्रष्ट मान्छे नै उत्पादन गरिरहन्छ ।’ त्यसका लागि सडक आन्दोलन हुने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् ।

माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि आगामी निर्वाचनपछि सडकमा उत्रिने बताएका हुन् । आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेशिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७