१३ अंकले घट्यो शेयर, ८३ करोड १६ लाखको कारोबार


२७ भाद्र २०७९, सोमबार
share market गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् । एनआरआइसी र एनटीसी दुवैको शेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्यो ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको शेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको शेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंकको शेयरमा देखिएको छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । तर, शेयर मूल्य भने चार रुपैयाँ घटेको छ । रिडि र हिमालयन डिष्टिलरीको शेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७