रेखा थापा मोरङमा मत माग्न व्यस्त


२९ भाद्र २०७९, बुधबार
rekha thapa ghardailo Ur2nPR8zll

मोरङ । मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी अभिनेत्री तथा नेतृ रेखा थापा चुनावी अभियानमा व्यस्त भएकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रँदै छिन् ।

चुनावी अभियान अन्तर्गत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरेकी छन् । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरुसँग समस्याहरूबारे जानकारी लिएकी छन् ।

घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा, दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन् ।

मोरङ क्षेत्र नम्बर-३ बाट नेकपा एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७