२०७४ को बन्द सूचीमा नाम भएकाहरु पद निर्वाचन प्रक्रिया शुरु हुनुअघि स्वतः रद्द


२९ भाद्र २०७९, बुधबार
Nirbachan scaled

काठमाडौं । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच आज भएको सहमति अनुसार २०७४ सालको बन्द सूचीमा रहेका व्यक्ति आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् ।

दलका प्रतिनिधिहरुसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्द हुने गरी प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावमा कुनै पदमा रहेको राजनीतिक व्यक्ति कुनै ठाउँको उम्मेदवार बनेमा सार्वजनिक स्रोत साधनको प्रयोग नगरिकन आफ्नो प्रचारप्रसार गर्न पाउने व्यवस्था गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

उनले मन्त्रीहरुलाई चुनावको प्रचारप्रसारमा जाँदा सार्वजनिक स्रोत साधनको प्रयोग हुन नदिने तर चुनावमा भाग लिने हकबाट रोक्न नहुने धारणाहरु आइरहेको र त्यसबारे आयोग परामर्शमा रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७