नेप्से ५७ अंकले घट्यो, दुई अर्ब १२ करोड ५६ लाखको कारोबार


३० भाद्र २०७९, बिहीबार
share market गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहीबार उच्च अंकले घटेको छ । कारोबारको शुरुवातदेखि नै ओरोलो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।

बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटे पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७