नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक, हिमालमुनि देखिए अमिताभ


३ आश्विन २०७९, सोमबार
uchai.jpg

काठमाडौं । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ । राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् । फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताको कथा भन्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७