कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशतसम्म ‘क्यास ब्याक’


४ आश्विन २०७९, मंगलवार
KUMARI BANK

काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले कुमारी बैंकको मोबाइल एपमार्फत पहिलो पटक फोनपेको क्यूआरबाट भुक्तानी गर्दा ३० प्रतिशतसम्म अथवा बढीमा ३०० सम्म क्यासब्याक पाउने भएका छन् । यो योजना असोज ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र कुमारी बैंकबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश श्रेष्ठ र फोनपेका बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपालीहरुको महान चाड दसैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । २०५७ सालमा स्थापित कुमारी बैंकले अत्याधुकि बैंकिङमार्फत आफ्नो सेवा प्रदान गर्दै हाल बैंकले १९८ वटा शाखा, २४ वटा एक्सेटेन्सन काउन्टर र ५३ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७