थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

१,२८३ जना सक्रिय संक्रमित, क्वाराइन्टाइनहरू सबै खाली


८ आश्विन २०७९, शनिबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभरमा १,२८३ जना सक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाली छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७