म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल वर्षा


२० आश्विन २०७९, बिहीबार
126987123 erlinghaalandscoreshissecondgoalagainstcopenhagen ecfyOnIsTq

काठमाडौं । अर्लिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले कोपनहेगनमाथि गोल वर्षा गरेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह जी अन्तर्गतको खेलमा सिटी ५–० गोलले विजयी भएको हो ।

खेलको सातौं मिनेटमा नै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । हालान्डले प्रतियोगिताको २२ खेलमा २८ गोल गरेका छन् । योसँगै पहिलो ३० खेलमा सबैभन्दा धेरै गोल गर्ने रुड भान निस्टरलोयको कीर्तिमानलाई उनले भङ्ग गरेका छन् । यो सिजन उनले पेप ग्वार्डिओलाको टोलीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।

हालान्डको दोस्रो गोल लगत्तै कोपेनहेगनले आत्मघाती गोल गरेपछि पहिलो हाफ सकिँदा सिटीले ३–० को अग्रता बनायो । दोस्रो हाफमा रियाद महारेजले पेनाल्टीबाट सिटीको अग्रता फराकिलो बनाए भने जुलियन अल्भारेजले सिटीको पाँचौ गोल गरे । अब अगाामी खेलमा जीत हासिल गरे सिटी अन्तिम १६ मा प्रवेश गर्नेछ ।

समूहकै अन्य खेलमा बोरुसिया डर्टमन्डले स्पेनिस क्लब सेभियालाई उसैको घरेलु मैदानमा ४–१ गोलले हरायो । डर्टमन्ड ६ अङ्कसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७