राष्ट्रपति भण्डारी अस्पताल भर्ना


२२ आश्विन २०७९, शनिबार
bidhya devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । डेंगुको लक्षण देखिएपछि उनी आज (शनिबार) विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ ।

उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्षण देखिएको जानकारी दिए । ‘तीन– चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको हो,’ डा. बमले भने, ‘रगतलगायतका परीक्षण गरेका छौं । ल्याबाट रिपोर्ट आएपछि मात्रै के भएको थाहा हुन्छ ।’ उनले आफूहरु रिपोर्ट कुरिरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७