रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी, १४ जना स्वतन्त्र


२४ आश्विन २०७९, सोमबार
nm

रुकुमपूर्व । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो संख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभा सदस्य तर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेशसभातर्फ (क) मा तेजेन्द्र बुुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।

यस्तै राप्रपाबाट प्रतिनिधिसभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेशसभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराएका छन् । निर्वाचन प्रदेशसभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन । यस्तै मङ्गोल नेसनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीबाट प्रदेशसभा (क) मा पुरा पुन र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधिसभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेशसभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेशसभा (क) मा रामसुर बुुढामगर, सङ्गम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन् । यस्तै प्रदेशसभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजङ्ग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७