होटल क्राउन प्लाजामा शंकास्पद घटना, जलेर घाइते युवतीको मृत्यु


२६ आश्विन २०७९, बुधबार
death woman
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं नक्सालस्थित होटल क्राउन प्लाजामा भएको शंकास्पद आगलागीको घटनामा परी घाइते २३ वर्षीया पवी खनालको मृत्यु भएको छ । घटनामा संग्लन भएको आरोपमा दुई जना प्रक्राउ परेका छन् ।

घटना शंकास्पद देखिएका कारण सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन् । उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ । मैनाली भन्छन्, ‘घटना शंकास्पद देखिएको छ । सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन । अस्पतालबाट खवर आएपछि हामीले घटनाबारे थाहा पाएका हौं ।’

युवतीलाई शुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो । अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगलागी भएको खुलेको छ ।

चावहिल बस्दै आएकी खनाल सोमबार दिउँसो २ बजेतिर केशव रिजालसँग होटलमा पुगेकी थिइन् । होटलको कोठामा पुगेको आघा घण्टामा नै केही पड्किएको जस्तो आवाज आएको र होटल कर्मचारीले गएर हेर्दा खनालको शरीर जलिरहेको थियो । होटल क्राउन प्लाजाको कर्मचारी दिपक थापाका अनुसार युवक–युवती होटलको कोठामा पुगेको केही समयमा नै घटना घटेको हो ।

उनले भने, ‘भित्र के भयो हामीलाई थाहा भएन । आगो लागेपछि युवती आफैं हिंडेर तल आएकी र ट्याक्सीमा चढेर युवकसँगै गएको हामीले देखेका हौं । युवतीको शरीरमा आगो लागेको भएर के भयो भन्ने सोधखोज गर्न पाएनौं ।’ उक्त समयमा होटलको ड्युटीमा पदम श्रेष्ठ भएको बताउँदै थापाले कर्मचारी श्रेष्ठ पनि प्रहरी हिरासतमा भएकाले घटनाको बारेमा धेरै जानकारी नभएको बताएका छन् ।

प्रहरीका अनुसार रिजाल र खनाल प्रेमी–प्रेमिका भएको र आपसी असमझदारी भएर आवेशमा पेट्रोल छर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताएका छन् । होटलको इन्ट्रीबुकमा युवतीको नाम पवि खनाल लेखिएको र अन्य जानकारी नभएको होटल कर्मचारी थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७