दोहोरो अंकले घट्यो नेप्से


२ कार्तिक २०७९, बुधबार
share market 1

काठमाडौं । शेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७