वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो


८ कार्तिक २०७९, मंगलवार
west ham TSmjENpOSu

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ । घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो ।

वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एक-एक गोल गर्‍यो । खेलको ४५ औं मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औं मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरे ।

जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक भएको छ । वेस्टह्याम अंकतालिकाको १० औं स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औं स्थानमा रहेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७