कालीकोटमा बम विष्फोट हुँदा चार वर्षकी बालिकाको मृत्यु, चार जना गम्भीर घाइते


१२ कार्तिक २०७९, शनिबार
dead
सांकेतिक तस्वीर

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विष्फोट हुँदा एक बालिकाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, चार वर्षीय सरस्वती थापा र तीन वर्षीय पखना थापा छन् ।

कोदोबारीमा भेटिएको बम विष्फोट हुँदा चार वर्षकी बालिका झरना थापाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिएका छन् । गम्भीर घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए । प्रजिअ रामहरि अधिकारीले कस्तो खालको बम हो, कसले र किन राखेकादद्धे हो भन्नेबारे कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७