लिड्स युनाइटेडले लिभरपुललाई हरायो


१३ कार्तिक २०७९, आईतवार
liver 1

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो ।

खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोको गोलबाट अग्रता बनाएको लिड्सले अन्तिम मिनेटमा एक गोल गर्दै जित निकाल्यो । लिभरपुलका मोह्याम्मद सलाहले खेलको १४ मिनेटमा गोल गरे । अङ्क तालिकामा लिभरपुल १२ खेलमा १६ अङ्कका साथ नवौं स्थानमा छ । समान खेलमा लिड् युनाइटेड १२ अङ्कसहित १५औं स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा टोटनह्यामले बर्नमाउथलाई ३–२ गोलले हरायो । टोटनह्यामले सुरुआती दुई गोलको अग्रता उल्ट्याएर जित निकालेको हो । जितसँगै टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको १२ खेलमा २६ अङ्क छ । बर्नमाउथ १३ अङ्ककासाथ १४ औं स्थानमा छ ।

न्युक्यासलले एस्टन भिल्लालाई ४–० गोल तथा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ । फुलह्याम र एभर्टनले गोलरहित बराबरी तथा उल्भ्स र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । हिजो भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको आर्सनलको २८ अङ्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७