आयोगविरुद्ध डा. तोसिमा कार्कीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै


१५ कार्तिक २०७९, मंगलवार
dr karki

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।

प्रारम्भिक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ । तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७