घरदैलोमा पुगेकी रेखालाई सुन्दरहरैंचाका महिलाको साथ


१९ कार्तिक २०७९, शनिबार
Rekha thapa chunab
फाइल फोटो

मोरङ । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् । शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धता समेत उनीहरूले जनाएका छन् ।

स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन् । उनले भनिन्, ‘उहाँलाई साथ दिन्छौँ । उहाँ स्थानीय पनि हुनुहुन्छ ।’

Rekha thapa 1

मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् । यस्तै, बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियान समेत चलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७