नक्कली ‘फेसबुक अकाउन्ट’ बनाई महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ


२० कार्तिक २०७९, आईतवार
facebook
सांकेतिक तस्वीर

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुःख दिने सप्तरीका सुमितकुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा (द्यबदथ) नामको नक्कली आईडी बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखी पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखी पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त फेक आईडीको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेइज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको व्यूरोले जनाएको छ ।

व्यूरोका अनुसार सप्तरीको सुरुङ्गा न.पा. वडा नं. १ का १९ वर्षीय सुमितकुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडियासारीको सहयोगमा पक्राउ गरिएको हो । ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७