राप्रपालाई भोट माग्दै मनिषाले भनिन्, ‘बीपी र महेन्द्रबीच सहकार्य नहुँदा देशले दुःख पायो’


२५ कार्तिक २०७९, शुक्रबार
Manisha koirala raprapa

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राप्रपाको पक्षमा भोट मागेकी छन् । आज (शुक्रबार) बसन्तपुरमा भएको कार्यक्रममा बोल्दै उनले आफ्ना हजुरबुबा बीपी कोइराला र राजा महेन्द्रबीच सहकार्य हुन नपाउँदा देश र जनताले दुःख पाएको बताइन् ।

उनले अहिले त्यो मौका आएको पनि बताइन् । ‘धेरै पहिले बीपी बा र श्री ५ महेन्द्र सरकार दुबै जना एक–दुईमा असाध्यै आदर राख्नु हुन्थ्यो । तर, उहाँहरुले कहिल्यै पनि सहकार्य गर्न पाउनु भएको थिएन’, उनले भनिन्, ‘त्यतिबेला ठूलो एउटा मौका गुमाएको थियो । अहिले त्यस्तै मौका हाम्रो ढोकामा आएको छ । अब यो मौकालाई गुमाउनु हुँदैन ।’

साथै उनले भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङ्देनको भाषणले प्रभावित भएको उल्लेख गरिन् । ‘म यहाँ उभिएको छु राजेन्द्रजीको मुहार हेरेर उहाँको भाषण सुनेर’, उनले भनिन्, ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने कुरा मलाई मन प¥यो ।’ कोइरालाले अरुले बिर्से पनि राजेन्द्र लिङदेनले बीपीलाई सम्झिरहेको दाबी गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७