फेसबुकबाट फेसबुक संस्थापक जुकरबर्गकै व्यक्तिगत डाटा चोरी


२९ चैत्र २०७४, बिहीबार
jugarbarg

काठमाडौं, २९ चैत : फेसबुकका संस्थापक मार्क जुकरबर्गकै व्यक्तिगत डाटा समेत चोरी भएको छ । राजनीतिक परामर्शदाता एनालाईटिकाले प्रयोग गरेको ८ करोड ७० हजार मानिसको डाटामध्ये आफ्ना पनि परेको उनले अमेरिकी संसदको सदस्यहरुलाई बताएका छन् ।jugarbarg

अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा वाणिज्य समितीका सदस्यको सामु उनले भने, ‘प्रत्येक पटक कोही प्रयोगकर्ताले जुन बस्तु शेयर गर्न इच्छा व्यक्त गर्छन्, उक्त शेयरमा शेयरकर्ताको नियन्त्रण रहन्छ ।’ मंगलबार उनले ५ घण्टासम्म अमेरिकी सांसदको जवाफ दिएका थिए ।
फेसबुकको प्रगतीबाट जुकरबर्ग साह्रै खुशी थिए ।

तर फेसबुकको डाटा चुहावट भएको र यसको अमेरिकी चुनावमा प्रयोग भएपछि फेसबुकको कार्यालयमा धेरै उथलपुथलको अवस्था देखिएको छ । न्यूजर्सीका प्रतिनिधि फ्यांक पालोनले सोधेका छन्, ‘फेसबुककै आफ्नो डाटामा नियन्त्रण छैन भने यसमा प्रयोगकर्ताको नियन्त्रण कसरी हुन्छ ?’

फेसबुक डाटा चुहावटमा करीब ८ करोड ७० लाख मानिस प्रभावित भएका थिए । सांसदहरुले यो कुरालाई सुनिश्चित गर्न आग्रह गरेका छन् । मंगलबार सिनेटको वाणिज्य र न्यायीक समितिमा पनि जुकरबर्गे फेसबुकका कारण भएको गडबडीको जिम्मा लिएका थिए । भारतमा आगामी चुनावमा पूरा शतर्कता अपनाउने उनले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७