नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध


३ मंसिर २०७९, शनिबार
nepal life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ। इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) को लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो।

सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापछि नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस ९एनपिआई० सँग जोडी एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ।

जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ।

साथै नेपाल लाइफले एनपिएसमा उपलब्ध अन्य उपकरणहरूको प्रयोग गरी थप नयाँ सेवाहरू पनि ल्याउने कार्य अगाडि बढाउन सकिने बताइएको छ।
कम्पनीले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पु¥याउने र नेपाललाई आर्थिक समृद्धीतर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ।

१५ लाखभन्दा बढी बीमितहरू रहेको यस कम्पनीका १९७ शाखा सञ्जाल र २१ लख २ हजार ३६२ अभिकर्ताहरू रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७