कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भद्रपुरबाट गरे मतदान


४ मंसिर २०७९, आईतवार
krishna sitaula 20221120081149

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका–१० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट आज बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् ।

सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा मतदान गरेकी थिइन् । सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र भएकाले उनले आफूलाई मतदान गर्न पाएनन् । उनले झापा १ का उम्मेदवारलाई मतदान गरे। ७ बजे नै मतदान स्थल पुगेका सिटौला १५ मिनेट लाइनमा बस्नु परेको थियो । कर्मचारीलाई मतदान व्यवस्थापन मिलाउन केही ढिला भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७