रौतहट–१ मा माधव नेपालको अग्रता कायमै, एमालेका अजय गुप्ताले पछ्याउँदै


६ मंसिर २०७९, मंगलवार
madhav nepal

रौतहट । रौतहट क्षेत्र नम्बर–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम राखेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ५ हजार ४४५ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले ४ हजार ८७३ मत प्राप्त गरेका छन् । यहाँ नेपाल र गुप्ताबीचको मतान्तर ५७२ मात्रै छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि गुप्ताले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट नेपालसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेपालसँग पराजित बनेका गुप्ता यसपालि एमाले प्रवेश गरी पुरानो हारको बदला लिने दाउमा छन् ।

०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए । रौतहट १ मा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार नेपाल र गुप्ताबीचको प्रतिस्पर्धामा निकै पछि परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७