गुल्मीको अर्बेनीमा पुनः मतदान शुरु


६ मंसिर २०७९, मंगलवार
matanad buth1668928616 1

गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज फेरि मतदान शुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान शुरु भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई बाँडिएपछि विवाद भएको थियो । र, मतदान स्थगित गरिएको थियो ।

भगवती क र ख केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने भएको छ । गुल्मी १ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७