पाँचथर ‘ख’ बाट माओवादी केन्द्रका आङ्बोको दोस्रो जित


८ मंसिर २०७९, बिहीबार
indra aangbo

पाँचथर । नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो प्रदेश नम्बर–१ को प्रदेशसभा सदस्य पदमा विजयी भएका छन् । पाँचथर निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित हुँदै उनी दोस्रो पटक प्रदेशसभा सदस्य बन्न सफल भएका हुन् । ०७४ मा पनि विजयी भएका उनी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणामानुसार आङ्बोले १५ हजार ६७२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङले १२ हजार ६५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । यहाँ ३४ हजार ७१५ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७