समानुपातिकतर्फ माओवादीले पनि कटायो चार लाख मत


९ मंसिर २०७९, शुक्रबार
maobadi

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभा समानुपातिकतर्फ चार लाख मत कटाएको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान ६ बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार माओवादीको समानुपातिकतर्फको मत ४ लाख २ हजार ५७८ पुगेको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चार लाख मत कटाएको थियो । पछिल्लो मत परिणाम अनुसार उसको समानुपातिकतर्फको मत संख्या ४ लाख ३२ हजार ९१७ छ । समाुनपातिमा माओवादी केन्द्रलाई उछिनेको स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।
पहिलो स्थानमा रहेको नेकपा एमालेको मत ८ लाख ९५ हजार ६३५ पुग्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको मत ८ लाख ६० हजार ३५७ पुगेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ लाख ३४ हजार ५४० मतका साथ पाँचौं र जनता समाजवादी पार्टी (जसपा) नेपाल १ लाख १४ हजार ३५५ मत ल्याएर छैटौं स्थानमा छ । मुलुक विखण्डनको मुद्दा चर्काएर मुलधारको राजनीतिमा आएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ

६८ हजार १५१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीको ६२ हजार ५९४ मत आएको छ । नागरिक उन्मुक्ति पार्टीले ६१ हजार ७२५, नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ५१ हजार ४७९ र राष्ट्रिय जनमोर्चाले २१ हजार ९४३ मत ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७