अहिल्यै प्रधानमन्त्रीका लागि नाम घोषणा गरेर केही हुँदैन : शेखर कोइराला


९ मंसिर २०७९, शुक्रबार
shekhar1639469324
फाइल फोटो

मोरङ । मोरङ– ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता शेखर कोइरालाले संसदीय दलको नेता नबनेसम्म प्रधानमन्त्रीका लागि घोषणा गरेर केही नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र लिन विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शुक्रबार आएका उनले अहिले धेरै क्षेत्रको मत परिणाम आउन र समानुपातिक सांसद छान्न बाँकी रहेको अवस्थामा प्रधानमन्त्रीको घोषणा गरेर हुन्छ भन्दै प्रतिप्रश्न गरेका छन् ।

‘पार्टी सभापतिलगायतका साथीहरूसँग भेटेर पार्टीको संसदीय दलको नेता बन्नेबारे परामर्श गरेर अघि बढ्छु,’ कोइरालाले भने, ‘अहिलेकै सत्ता गठबन्धन रहन्छ ।’ कोइरालाले यस पटकको चुनावमा राजनीतिक दलहरू भन्दा पनि दलहरूका केही नेताहरूप्रतिको वितृष्णाले अहिलेको मत परिणाम आएको बताए ।

‘अहिलेको अवस्था आउनुमा सुशासन दिन नसक्नु, भ्रष्टाचार न्यूनीकरण गर्न नसक्नु, दण्डहीनताको अन्त्य नहुनु नै हो’, उनले थपे, ‘अहिलेको यो अवस्थामा सुधारका लागि साथीहरूसँग सल्लाह गरेर भूमिका निर्वाह गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७