उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु : किम


११ मंसिर २०७९, आईतवार
6244f7763c4642788f9dd51131a8b4ad 6244f7763c4642788f9dd51131a8b4ad 03cb6743a9ac46b1bbed5826a4663000

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्तिसम्पन्न देश हुनु रहेको बताएका छन् ।

उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।

‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु लगाउने प्रविधिको विकासमा एक अद्भुत छलाङ मारेको उनले बताए । तर, त्यसबारे उनले विस्तृत जानकारी भने दिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७