जर्मनीलाई हराएको जापान कोस्टारिकसँग स्तब्ध


११ मंसिर २०७९, आईतवार
cr fifa 2022 QksOmHUGcD scaled

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई हराएको छ । कतारको अहमद विन अलि रंगशालामा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले हरायो ।

कोस्टारिकाको लागि ८१ औं मिनेटमा केइशर फुलरले गोल गरे । जितसँगै कोस्टारिका समूह ‘ई’ मा तीन अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । समान तीन अंक नै रहेको जापान गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

एसियाको ‘पावर हाउस’ मानिएको जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७