आयोगको निर्देशनपछि सुनसरी–४ मा रोकिएको मतगणना शुरु गरिंदै


१३ मंसिर २०७९, मंगलवार
matganana
फाइल फोटो

सुनसरी । शनिबारदेखि स्थगित भएको मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सुनसरी–४ मा सर्वदलीय बैठक बस्दै छ ।

आज (मंगलबार) बिहान ७ बजे सर्वदलीय बैठक बसेर रोकिएको मतगणना पुनः शुरु गर्ने तयारी भएको हो । सुनसरी–४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

तर, आयोगले पुनः मतगणना नभई अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता लिएका छन् । सुनसरी–४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७